वाणिज्य बैंकहरुको नाफा साढे १६ अर्ब

न्यूज डेस्क       ४ महिना अगाडी मा प्रकाशित     78 No Comments

काठमाडौ —  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा २० वटा वाणिज्य बैंकले कुल १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा नाफा ६.२ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार, समीक्षा अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटा बैंकको नाफा घटेको छ। नाफा बढी बढ्ने बैंकमा सिद्धार्थ बैंक, एमएबी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन्। नाफा धेरै घट्ने बैंकमा हिमालयन बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्रभु बैंक र नबिल बैंक रहेका छन्।

नाफा रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ। बैंकले पहिलो दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ३.९७ प्रतिशतले बढी हो। दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसको नाफा १ अर्ब ३३ करोड ७१ लाख भए पनि अघिल्लो वर्षको तुलनामा २०.०९ प्रतिशतले घटेको छ।

तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ, तर अघिल्लो वर्षको तुलनामा १०.५१ प्रतिशतले घटेको छ।

अन्य बैंकहरूको नाफा यस प्रकार छ:

कुमारी बैंक: १ अर्ब ५ करोड ६८ लाख (२.६०% )

प्राइम बैंक: १ अर्ब ४ करोड ६७ लाख (७.३९% )

एनएमबि बैंक: १ अर्ब ३ करोड ९ लाख (३२.१४%)

लक्ष्मी सनराइज बैंक: ९७ करोड ४१ लाख (१२.६७% )

एभरेष्ट बैंक: ९१ करोड २८ लाख (१०.५७% )

राष्ट्रिय वाणिज्य बैंक: ८८ करोड ५८ लाख (०.६३% )

सिद्धार्थ बैंक: ८४ करोड ९० लाख (४०.१७% )

नेपाल बैंक: ८४ करोड २८ लाख (२४.२७% )

माछापुच्छ्रे बैंक: ४८ करोड १९ लाख (२.७९% )

सानिमा बैंक: ७२ करोड १५ लाख (४.६८% )

नाफा घट्ने बैंकहरूमा हिमालयन बैंक (६८.२६%), नेपाल एसबीआई बैंक (३३.५९%), कृषि विकास बैंक (३३.५०%), प्रभु बैंक (२५.९७%), एनआइसी एसिया (१४.२६%), स्ट्याण्डर्ड चार्टर्ड बैंक (१२.२१%) र सिटिजन्स बैंक (५.६०%) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार