बैंकको परिभाषा, सन्सारको बैंकिङ इतिहास र केन्द्रीय बैंक

न्यूज डेस्क       ४ महिना अगाडी मा प्रकाशित     55 No Comments

बैंक अंग्रेजी शव्दको banco भन्ने शव्द इटालियन भाषाको दबलअय बाट उत्पादन भएको मानिन्छ । जसको अर्थ बेन्च भन्ने बुझिन्छ । जुन बेन्च पैसा गनेर लेनदेन कारोबार गर्ने संस्थाका रुपमा विकसीत भएपछि यसलाई bank भन्ने गरिएको पाइन्छ ।
नेपाली शव्द कोषमा ‘बैंक भन्नाले व्याज दिएर रुपैयाँ पैसा जम्मा गर्ने, मागेको बेलामा भुक्तानी वा सापट्टी दिने, लेनदेन तेजारथ आदि आर्थिक तथा वाणिज्य सम्वन्धि कारोबार गर्ने सरकारी वा गैर सरकारी संस्था बुझिन्छ’ भनि परिभाषित गरिएको छ ।
बैंक सम्बन्धि अन्य विभिन्न विज्ञ तथा व्यक्तिले गरेको परिभाषालाई हेर्ने हो भने व्यक्ति वा संस्थाको नाममा पैसा जम्मा गरिदिने सो बापत तोकिएको आधारमा व्याज भुक्तानी गर्ने र माग्न आएको अबस्थामा जम्मा गरिएको पैसा भुक्तानी गरिदिने एवं आबश्यकता अनुसार फिर्ता गर्नेगरी कर्जा प्रवाह गर्ने र सो बापत तोकिए बमोजिम व्याज असुल गर्नेगरी कार्य सम्पादन गर्ने संस्था जो केन्द्रीय बैंकबाट अनुमति प्राप्त हुन्छ, त्यसैलाई बुझिन्छ ।
यति परिभाषा बुझिसकेपछि बैंक बुझ्न कठिन हुँदैन । तर समय परिस्थिति अनुसार बैंकको परिभाषामा पनि केही परिवर्तनहरु आएका छन् । धेरै बर्ष अगाडि पैसावालाहरुका लागि बैंक महत्वपूर्ण मानिन्थ्यो भने अहिले बैंक क्षमता भएका व्यक्तिका लागि महत्वपूर्ण मानिन्छ । अर्थात बैंक पैसा जम्मा गर्ने र झिक्ने माध्यम मात्रै नभएर उद्यमशिलताको विकास, आर्थिक समृद्धिको मेरुदण्ड तथा पैसा उत्पादन गर्न सक्ने क्षमता भएकाहरुको लागि एउटा महत्वपूर्ण माध्यम मानिन्छ । पैसा कमाउन, पैसा जोगाउन र पैसाको सहि प्रयोग गर्नका लागि बैंक एउटा महत्वपूर्ण माध्यमका रुपमा रहेको छ भनेर बुझ्न सकिन्छ ।
देशको मौद्रिक नीतिलाई व्यवस्थीत गर्न, नियमित गर्न, सुव्यवस्थित गर्न तथा देशको अर्थतन्त्रलाई मापन गर्नका लागि केन्द्रीय बैंकको आबश्यकता परेको मानिन्छ । प्रत्येक देशमा एउटा केन्द्रीय बैंक हुने गर्दछ । त्यसै अनुरुप नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो ।  विश्वमा केन्द्रीय बैंकको इतिहास हेर्ने हो भने बिसौं शताब्दीदेखि सुरु भएको पाइन्छ । पहिलाको अबस्थालाई हेर्ने हो भने केन्द्रीय बैंकलाई राष्ट्रिय बैक भनिन्थ्यो ।
सन् १९२० मा  भएको अन्तर्राष्ट्रिय मुद्रा सम्मेलनले एक देश एक केन्द्रीय बैंक भन्ने अनिवार्यता प्रतिपादन गरेको थियो । सोही अनुसार केन्द्रीय बैंकहरु खुल्ने क्रममा हाल सन्सारका सबै मुलुकमा केन्द्रीय बैंकहरु संचालीत छन् । मानिसहरुको आवश्यकता बढ्दै जाँदा कारोबार पनि बढ्दै गयो । फलस्वरुप मौद्रिक प्रणलीको पनि विकास भएर गयो ।

केन्द्रीय बैंकका उद्येश्यहरु
१.देशको मौद्रिक प्रणाली सञ्चालन गरी आर्थिक हित संरक्षण गर्नु तथा कुनै व्यत्तिल वा व्यवसायीको मुनाफा आर्जनको लागि नभएर सिंगो देशमा मौद्रिक सुशासन कायम गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने उदेश्यले मुख्य उद्येश्य रहन्छ ।

२.अर्थतन्त्रको दिगो विकास, मूल्य स्थिरता कायम गर्न तथा शोधान्तर सुदृढीकरण गर्ने जिम्मेवारी सहित विश्वासिलो विनिमय प्रणालीको विकास गर्ने जिम्मेवारी केन्द्रीय बैंकले लिएको हुन्छ ।

३. बैंकिङ तथा वित्तिय प्रणलीको नियमन निरीक्षण तथा सुपरीवेक्षण गर्ने तथा सर्वसाधारणको विश्वसनीयता कायम गरी देशमा वित्तीय सुशाशन कायम गर्ने जस्ता उदेश्य केन्दीय बैंकको रहेको हुन्छ

नेपाल राष्ट्र बैंक
हरेक देशको मौद्रिक प्रणालीलाई व्यबस्थीत ढंगले सञ्चालन गर्न केन्द्रीय बैंक खडा गरिएको हुन्छ । एक देश एक केन्द्रिय बैक भन्ने अनिवार्यता सन् १९२० मा अन्तर्राष्ट्रिय मुद्रा सम्मेलनले प्रतिपादन गरेको हो । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक हो । देशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमन गर्ने कार्य, मौद्रिक नीतिको तर्जुमा, आथिृक सुचांकको तथ्यगत डाटा संकलन तथा मूल्यबृद्धि एवं आर्थिक उत्पादन क्षेत्रको सम्पूर्ण सूचांकलाई मध्यनजर राखि सवल अर्थतन्त्र निर्माणमा केन्द्रीय बैंकको भूमिका रहन्छ । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु केन्द्रीय बैंककै निर्देशनमा सञ्चालन भएका हुन्छन् । साथै सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ ।

नेपाल राष्ट्र बैंकले गर्ने कार्यहरु

१. बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने ।
२. मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने ।
३. विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,
४. विनिमय पद्धति निर्धारण गर्ने ।
५. विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने ।
६. बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने तथा नियमन, निरीक्षण, र अनुगमन गर्ने ।
७. नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने ।
८. वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने ।
९. भुक्तानी, फछ्र्यौट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने ।
१०. बैंकका निर्धारित उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने । – अपेक्षा ढुंगाना

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार